logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • अख्तियारले डामेको, आयोगले पोलेको र सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाएर छानबिन गरौँ : गगन थापा

    अख्तियारले डामेको, आयोगले पोलेको र सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाएर छानबिन गरौँ : गगन थापा

    2.2K
    Shares
    अख्तियारले डामेको, आयोगले पोलेको र सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाएर छानबिन गरौँ : गगन थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद आरोप प्रत्यारोपमै सिमित बनेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।

    उहाँले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोल यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो । आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ ।

    अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । यत्ति गर्नसके होला ? निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला ।

    अलि सफा गर्नसके मिटरब्याज, दुध किसानको बारेमा, एनसेलको प्रतिवदेनको बारेमा जमेर छलफल गर्न सकिन्छ ।’ महामन्त्री थापाले संसद सफा गर्नसकेमात्रै मिटरब्याज, दुध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend