logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • २०८१/०८२ को बजेट सिद्धान्त र प्राथमिकता : उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायिक भुमिका

    २०८१/०८२ को बजेट सिद्धान्त र प्राथमिकता : उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायिक भुमिका

    1.6K
    Shares
    २०८१/०८२ को बजेट सिद्धान्त र प्राथमिकता : उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायिक भुमिका

    काठमाडौं। आगामी वर्ष ०८१/०८२ देखि सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकता दिने भएको छ। सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रुपमा लिइ लगानीमैत्री वातावरण बनाउने भएको हो।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८१/०८२ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संघीय संसदमा सार्वजनिक गर्दै निजी लगानीका लागि अवरोध देखिएका कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउने स्पष्टपारेका छन्।

    २०८१ वैशाखमा हुन लागेको लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानी बढाउन अनुकुल वातावरण बनाउन आवश्यक नीतिगत,कानुन तथा संस्थागत सुधार गरिने अर्थमन्त्री डा. महतले बताएका छन्।

    अर्थमन्त्री महतले उद्योगका लागि आवश्यक जग्गा प्राप्ति सहज गर्ने बताएका छन्। उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको भुमिका थप बढाइने अर्थमन्त्रीले स्पष्ट पारेका छन्। मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत पुगेको छ। बाँकी १९ प्रतिशत मात्र राज्यको छ।आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलन अगावै लगानीको वातावरण अनुकुल बनाउन कानुन संशोधन गरिने उनले जानकारी दिए ।

    यस्तै सरकारले बन्द भएका सार्वजनिक संस्थान सञ्चालनका लागि निजी क्षेत्रलाई दिने योजना लिएको छ। सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरु पनि रणनीति साझेदारी भित्र्याएर वा निजीकरण, लिजमा दिने वा विनिवेश गर्ने योजना रहेको अर्थमन्त्रीले सार्वजनिक गरेका छन् । सरकारले हेटौडा कपडा उद्योग, बुटबल धागो मिल, गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी कारखानालगायतका सार्वजनिक संस्था सञ्चालनको तयारी गरेको छ।

    आगामी वर्षको बजेटले उत्पादन र रोजगारी दुबै बढाउने लक्ष्य लिएको छ। राजस्व परिचालन व्यवस्थित बनाउने, करको दायरा विस्तारका साथै करदाताको व्यवसायिक लागत घटाउने गरी कर नीति लिने अर्थमन्त्रीले बताएका छन्। अहिले राजस्व वृद्धिदर १० प्रतिशत मात्र रहेको अर्थमन्त्री महतले सार्वजनिक गरेका छन्।

    आगामी आर्थिक वर्षको बजेटका कार्यतालिकामा परिमार्जन गरेको विद्यमान कानुन संशोधन गरी आर्थिक वर्ष २०८१/०८२ को बजेट सिद्धान्त र प्राथमिकता पेश गरेको हो। लगानीको अनुकुल, पुँजीगत खर्चको प्रभावकारीता, मौद्रिक नीतिको लचकताले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढे पनि आन्तरिक अर्थतन्त्र सुस्त रहेको अर्थमन्त्रीले जानकारी दिए।

    यस्तै विद्युत उत्पादन र पर्यटन आगमनले अर्थतन्त्र सुधार देखिएको, तरलताको अवस्थामा आएको सहजताले ब्याजदर एकल अंकमा आउन लागेको, चालूखाता र शोधानान्तर बचत राम्रो रहेको अर्थमन्त्री महतले बताएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend