
फागुन ३० काठमाडौं: ९ अर्ब घोटाला प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले घिसिङ र काफ्लेसहित पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो।
कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य छन्।
उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो । स्रोतका अनुसार घिसिङले पटक पटक उपसमिति समक्ष उपस्थित भएर आफ्ना कुरा राखेका थिए।
उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमानदारिताका साथ बक्यौता उठाउने कोसिस गरिरहेको बताएका थिए । विद्युत प्राधिकरणकले दुई सय ५० भन्दा बढी उद्योगलाई छुट भएको विद्युत महसुल बिल ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend