
काठमाडौँ । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।
उहाँले पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताउनुभयो । उहाँले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँले अभियान, संघर्ष र बिद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताउनुभयो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend