
फागुन ३० काठमाडौं: युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा खेपिरहेका अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले साढे आठ वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद र पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला सुनाएको हो।
प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो।
राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको अभियोग लागेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend