logo

२०८१ माघ २६ शनिबार

logo
  • शनिबार, २६ माघ २०८१
  • सेयर बजार १३ अंकले बढ्यो

    सेयर बजार १३ अंकले बढ्यो

    1.2K
    Shares
    सेयर बजार १३ अंकले बढ्यो

    काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८अंकले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अंकले उकालो लागेर ३  सय ५५ दशमलव ९७ मा पुगेको छ ।

    कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ ।विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर रुपैँया २ अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।

    नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रुपैँया ९ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो ।

    हिमालयन रिइन्स्योरेन्स रुपैँया सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स रुपैँया ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स रुपैँया ६ करोड १८ लाख सात हजार ९ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

    यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend