logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन

    विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन

    2.6K
    Shares
    विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन

    कालीकोट । कालीकोटको सुनथराली विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले आज विमानस्थलको उद्घाटन गर्नुभएको हो ।

    आज विमानस्थलमा नेपाल एअरलाइन्स र यति एअरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् । हिजो मात्रै विमानस्थलमा नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले परीक्षण उडान गरेको थियो । बिसं २०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम बिसं २०७९ साल माघ ११ गते सकिएको थियो ।

    यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन । बिसं २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुँदा स्थानीयवासी खुशी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend