
फागुन ३० काठमाडौं: भारतमा कोरोनाभाइरस सङ्क्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ। दक्षिण भारतको कर्नाटक राज्यका ७६ वर्षीय वृद्धको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।
राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ।
भारतमा अहिलेसम्म ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको सरकारले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend