logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिआइबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ सहित क कस्लाई गर्यो पक्राउ

    सिआइबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ सहित क कस्लाई गर्यो पक्राउ

    2.2K
    Shares
    सिआइबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ सहित क कस्लाई गर्यो पक्राउ

    काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।

    यसैगरी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पनि पक्राउ परेका छन् । बैंकिङ कसुरमा उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्यूरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको र उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

    देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।

    रु १३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो । १० अर्बको बैंकमध्ये झन्डै २ अर्ब रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रवीन्द्र चौलागाई तथा उनको कम्पनीहरुलाई ऋणमा दिइएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend