सुनौलो नेपाल – बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा.जागेश्वर गौतम नेपालमा ल्याप्रोस्कोपिक सर्जरी (दुरविनबाट गरिने शल्यक्रिया) भित्राउने दोश्रो डाक्टर हुन्।
परम्परागत रुपमा पेट चिरेर गरीने शल्यक्रियालाई बिस्थापित गर्दै दुरविनको सहायताले पेट नचिरिकनै गरिने सर्जरीलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ। यसमा पेट चिरेर शल्यक्रिया गर्नुपर्दैन । पेट चिरेर गरिने शल्यक्रियाको तुलनामा यो प्रविधि बढी सुरक्षित हुनुका साथै सजिलो साथै यो विधिबाट उपचार गरेका बिरामी छिटो तग्रीन सक्ने र भविष्यमा समेत पेट चिरेरका बिरामीले जस्तो समस्या भोग्नु नपर्ने प्रा.डा. गौतमको भनाई छ ।
थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक समेत रहेका प्रा.डा गौतम भन्छन बिरामीको पेट भित्रको ट्यूमर निकाल्ने देखि पाठेघर तथा अण्डासयमा समस्या भए नभएको हेर्न समेत ल्याप्रोस्कोपी प्रविधि प्रयोग गर्न सकिने खर्चको हिसावले पनि यो त्यति महँगो नपर्ने उनको दाबी छ।
ल्याप्रोस्कोपिकको प्रयोग पेटको रोग पत्ता नलागे, महिलामा पेट दुख्ने समस्या भइरहेमा, महिनावारीको समयमा पेट धेरै दुखेमा, एक्सरे, भिडियो एक्सरे तथा एमआरआईले समेत रोग पत्ता लगाउन नसकेको अवस्थामा दुरविनबाट त्यो अंगलाई हेरेर कुन भागमा समस्या भएको हो त्यो हेरेर रोग पत्ता लगाउन सकिन्छ ।
ल्याप्रोस्कोपिक सर्जरी लोकप्रिय हुनुका कारणहरु बिरामी छिटो तन्ग्रीन सक्ने, कम समय अस्पतालमा बसे पुग्ने, छिटो दैनिक काममा फर्किन सक्ने,दुखाई नहुने औषधी पनि खासै प्रयोग नहुने हुँदा पछिल्लो समय यो बिधिबाट शल्यक्रिया गर्न चाहने बिरामीको संख्या बढेको छ ।
काठमाडौँमा प्रसुती तथा स्त्रीरोग अस्पताल साथै ओम अस्पताल एण्ड रिसर्च सेन्टर लगायत केहि अस्पतालमा मात्रै यो सुबिधा छ भने काठमाडौँ बाहिर बिराटनगरमा मात्र यो सुबिधा छ ।
के हो ल्याप्रोस्कोपिक ?
ल्याप्रोस्कोपिक सानो उच्च प्रकाश र अगाडि क्यामेराको साथ प्रयोग गरि दुरविनको माध्यमद्धारा पेटमा स साना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो ।
यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामरा पठाएर पेटको शल्यकि्रया गरिन्छ । यसरी शल्यकि्रया गर्दा पेटमा क्यामरा पठाइसकेपछि डाक्टरहरुले भित्रको समस्या मोनिटरको स्क्रिनमा हेरेर कुन भागको शल्यक्रिया गर्ने हो त्यो भागमा दुई-तीन वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ ।
हेर्नुहोस यसै बिषयमा प्रा.डा.जागेश्वर गौतमसंग गरीएको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend