सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मिर्गौला प्रत्यारोपण गरेर फर्केका प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर प्रचण्डले दिए बधाई

मिर्गौला प्रत्यारोपण गरेर फर्केका प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर प्रचण्डले दिए बधाई

चैत १ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटार नै पुगेर अध्यक्ष प्रचण्डले भेटेका हुन्।

ओलीलाई भेटेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन्।

प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।

गत फागुन १९ मा मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ मा शल्यक्रिया भएको थियो। र ३० गते शुक्रबार ओली अस्पतालबाट डिस्चार्ज भएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend