
२ चैत, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् गरेको आग्रहलाई अन्तिम समयमा पाकिस्तानले पनि स्वीकार गरेपछि कोरोना बिरुद्ध लड्ने साझा रणनीति तय बनाउन आज नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ।
भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend