मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भिडियो सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने भएपछी कार्यालयमा ‘स्प्रे’ छर्कियो

भिडियो सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने भएपछी कार्यालयमा ‘स्प्रे’ छर्कियो

चैत २ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनका लागि सिंहदरवार जाने भएकाले त्यहाँ डीस-इन्फेक्टेन्ट स्प्रे छर्किएको छ।

दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्तिमात्र अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीको स्वास्थ्य, कोरोना भाइरस (काेभिड–१९) लगायत अरु रोगको सङ्क्रमण हुन नदिन भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रधानमन्त्री कार्यालय वरपर उक्त स्प्रे छरेकाे हो ।

सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच केही बेरमा कोरोना भाइरसबारे छलफल हुँदैछ। छलफलबाट भाइरसबिरुद्ध लड्नका लागि साझा रणनीति बनाइने बताइएको छ।

सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको भिडिओ सम्मेलनमार्फत छलफल हुन लागेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend