सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

अमेरिकी दूतावासले जारी गर्यो सुचना, भोलिदेखि सम्पूर्ण भिसा प्रक्रिया रद्द

अमेरिकी दूतावासले जारी गर्यो सुचना, भोलिदेखि सम्पूर्ण भिसा प्रक्रिया रद्द

चैत ३ काठमाडौं: काठमाडौंस्थित अमेरिकी दूतावासले सम्पूर्ण भिसा दिने प्रक्रिया रोकेको छ । कोरोना भाइरसको प्रकोपका कारणले भिसा प्रकृया रोकेको दूतावासले जनाएको छ । दूतावासद्वारा जारी सूचनाअनुसार २०७६ चैत ४ देखि लागू हुनेगरी डइभर्सिटी भिसा (डिभी) तथा गैरआवासीय भिसाका नियमित अपोइनमेन्ट रद्द गरिएको हो।

दूतावासले निकालेको सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने जनाएको छ । भिसा शुल्क जुन देशमा भुक्तानी गरिएको हो, त्यही देशमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।

जतिसक्दो चाँडो भिसा सेवा पुनः सञ्चालन हुने उल्लेख गरिएको छ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा निश्चित मापदण्डमा रहेर दुतावासले भिषा दिने जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend