
चैत ३ काठमाडौं: विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको अति जोखिम रहेको क्षेत्रका रूपमा उल्लेख गरेको छ। अहिलेसम्म नेपालमा कसैलाई पनि कोरोना संक्रमण नभएको भए पनि यसको त्रास भने कायमै छ।
कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् ।कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । चिकित्सकहरुका अनुसार केहि उपायहरु अपनाएमा कोरोनाको संक्रमणबाट बच्न सकिन्छ। जसमध्ये केहि तल उल्लेख गरिएको छ।
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२. दिल खोलेर हाँस्ने गरौँ ।
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५ . सरसफाइमा अल्छी नगरौं ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend