सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

घरेलु मदिरा उत्पादन र बिक्रीवितरण रोक्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेस

घरेलु मदिरा उत्पादन र बिक्रीवितरण रोक्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेस

चैत ३ काठमाडौं: प्रदेश २ मा मदिरा उत्पादन र बिक्रीवितरणमा रोक लगाउनुपर्ने भन्दै प्रदेश सभामा नेकपा सांसद शत्रुधन महतोले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

सोमबारको बैठकमा समय माग गर्दै सांसद महतोले घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक लगाउनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गरेका हुन्। मदिरा उत्पादन र बिक्रीले समाजमा नकारात्मक असर परेको र ठुलो मानविय क्षति भएको भन्दै तुरुन्त रोक्नुपर्ने माग सांसद महतोले गरे।

प्रस्तावको समाजवादी पार्टी संसदीय दलका सचेकत शैलेन्द्र यादव र राजपा संसदीय दलका सचेतक परमेश्वर साहले समर्थन जनाएका छन्।

धनुषामा वार्षिक करीब तीन करोडभन्दा माथिको नक्कली मदिरा उत्पादन र बिक्री वितरण भइरहेको छ । धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु मदिरा उत्पादन हुने गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend