शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सन्दर्भ मिलेका दिन दौरा सुरुवाल लगाउँछु: प्रचण्ड

सन्दर्भ मिलेका दिन दौरा सुरुवाल लगाउँछु: प्रचण्ड

चैत ३ काठमाडौं:

BBC-सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ‘सामन्ती पोसाक’ भन्ने गर्थे।
शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि त्यो पोसाक लगाएनन्।

तर अहिले उनीहरूको व्यवहारमा परिवर्तन हुन थालेको छ। विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालेका छन्। दशवर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेसम्म दौरा सुरुवाल लगाएको देखिएको छैन।

तर उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनी भन्छन्, “कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु।”

बीबीसीसँगको कुराकानीका क्रममा उनले आफूले दौरा सुरुवाल लगाउन सक्ने बताए।

“सन्दर्भ मिलेका दिन लगाउनुपर्छ भन्ने मैले सोचेको छु। तर दौरा, सुरुवाल र कोट सधैँ लगाउने भन्ने सायद हुँदैन,” उनले भने।

विभिन्न जातजाति र धर्मावलम्बीका कार्यक्रममा जाँदा आफूले उनीहरूको पहिचान झल्किने पोसाक लगाउने गरेको प्रसङ्ग निकाल्दै उनले दौरा, सुरुवाल र कोट पनि त्यसरी नै लगाउने बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend