मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

चार करोडको साइकल

चार करोडको साइकल

चैत ३ काठमाडौं:

एजेन्सी – एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने कुरा सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर, यो तथ्य गफ नभएको बास्तविकता हो । तर यो साइकल नेपालमा भने उपलब्ध छैन ।

समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ ।

अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ ।

फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।

मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend