
चैत्र ४ काठमाडौँ – विश्वभर महामारीका रूपमा फैलिए कोरोना भाइरसको सम्भावित जोखिमलाई पुर्वानुमान गर्दै नेपाली सेनाले ५४ वटा अस्थायी टेन्टमा १०८ जना बिरामी राख्न मिल्ने गरी अस्थायी क्वारेन्टाइनको निर्माण गरेको छ।
कोरोना संक्रमणको उपचारका लागि भद्रकालीस्थित फुटबल मैदानमा सेनाले ति टेन्ट निमार्ण गरेको हो । नमुना क्वारेन्टाइनको रुपमा निर्माण भएका टेन्टमा मंगलबारदेखी कोरोना लागेकै बिरामीकै स्वरुपमा दुई जना बिरामी राखेर नमुना परिक्षण हुदै छ।
नमुना बिरामीको रुपमा राखीएका बिरामीको उपचारमा सेनाकै ५० स्वास्थ्यकर्मीहरू सहभागी हुदैछन। त्यो एउटा परिक्षण हो त्यसले देशभर सेना कसरी खटिन्छ र स्वास्थ्यकर्मी कसरी उपचारमा संलग्न हुने भन्ने रणनीति नेपाली सेनाले बनाउने सैनिक प्रवक्ता बिज्ञान देव पाण्डे सुनौलो नेपाललाई बताउनुभयो।
ति टेन्टमा संक्रमित सैनिक मात्र हैन आवश्यक परेमा सर्वसाधारणलाई समेत राख्ने गरी सेनाले अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो कथमकदाचित कोरोना भाइरस नेपाल आयो भने नेपली सेना अग्रपंगतीमा रहेर उपचारमा खटिन्छ उहाले भन्नु भयो।
सरकारबाट कोरानाको उच्च सतर्कता र तयारी गर्न निर्देशन भएअनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्न समेत तम्तयार अवस्थामा छ।
फोटो – हेमराज शर्मा/ सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend