मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

टिपरले किचेर आमाछोरीको ज्यान गएपछि पनौती तनावग्रस्त, कर्फ्यु लगाइयो

टिपरले किचेर आमाछोरीको ज्यान गएपछि पनौती तनावग्रस्त, कर्फ्यु लगाइयो

चैत ४ काठमाडौं: काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।

सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

“हिजोको घटनाले आज पनि परिस्थिति भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उनले भने ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको निधन भएको थियो ।

खानीखोला गाउँपालिका १ की ३२ वर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीय छोरीको टिपरको ठक्करले निधन भएको थियो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

अवस्था तनावग्रस्त बनेपछि लागेको कर्फ्यूका कारण म‌ंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend