logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सेयर बजार उच्च अंकको वृद्धि

    सेयर बजार उच्च अंकको वृद्धि

    924
    Shares
    सेयर बजार उच्च अंकको वृद्धि

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्जनेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ११ दशमलव २४ अंकमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक२ हजार १ सयको बिन्दु नाघेको छ ।

    विभिन्न ३न सय ५ कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता शेयर ८२ हजार ७ सय ४६ पटक खरिदबिक्री हुँदा रुपैँया चार अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह ५ दशमलव ०५ र होटल तथा पर्यटन समूह ३ दशमलव ९३ प्रतिशतले बढेको छ ।

    बैंकिङ ३ दशमलव १०, विकास बैंक २ दशमलव १७, वित्त समूह २ दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह १ दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड एक दशमलव ५५, निर्जीवन बीमा ३ दशमलव १५, व्यापार १ दशमलव ६९ र अन्य समूह एक दशमलव ६४ प्रतिशतले बढेको छ।

    साथै ५ वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै २ दशमलव ५७ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ बराबरको छ लाख ७३ हजार ७ सय छ कित्ता किनबेच भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend