सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि….

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि….

चैत ४ काठमाडौं: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका छन्। ट्वीटरमा लेख्दै ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरसको नाम दिएका हुन्।

उनले लेखेका छन्, “चिनियाँ भाइरसबाट प्रभावित भएका थुप्रै उद्योगहरुलाई अमेरिकाले सशक्त सहयोग गर्नेछ।” यसरी ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उनको आलोचना भएको छ।

यसअघि पनि अमेरिका र चीनबीच कोरोनाभाइरसबारे आरोप प्रत्यारोप हुँदै आएको छ। अमेरिकाले चीनले प्रभावकारी कदम चाल्न नसक्दा विश्वभरि कोरोनाभाइरस फैलीइएको भन्ने आरोप लगाएको छ भने चीनले पनि अमेरिकी सेनाका कारण कोरोना भित्रिएको आरोप लगाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend