logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • क्यान्सर सेन्टरलाई दुई सय शय्यामा स्तरोन्नति गरिने

    क्यान्सर सेन्टरलाई दुई सय शय्यामा स्तरोन्नति गरिने

    1.2K
    Shares
    क्यान्सर सेन्टरलाई दुई सय शय्यामा स्तरोन्नति गरिने
    काठमाडौँ। विनयतारा फाउण्डेसनले जनकपुरमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर स्तरोन्नति गरी दुई सय शय्याको बनाउने भएको छ । फाउण्डेसनका अध्यक्ष डा विनय साहले यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अस्पताल निर्माणको अनुमति, आवश्यक जग्गा र सुरुवाती लगानी सुनिश्चित भइसकेको समेत बताए ।
    उहाँले सन् २०२४ देखि नै भवन निर्माण सुरु हुने बबताए । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल भवन सुरु गरिएको बताए ।
    सन् २०१८ देखि सञ्चालनमा रहेको २५ शय्याको क्यान्सर सेन्टरमा अहिले अस्पताल किमोथेरापी,  सर्जरी,  सघन उपचार कक्ष (आइसियु) सहितको उपचार सेवा उपलब्ध छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend