सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

स्काउटले काठमाडौं उपत्यका ५० बढी ठाउँमा हात घुने तथा स्यानिटाईजर स्टेशन राख्ने

स्काउटले काठमाडौं उपत्यका ५० बढी ठाउँमा हात घुने तथा स्यानिटाईजर स्टेशन राख्ने

चैत्र ४ काठमाडौँ – नेपाल स्काउटले विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात घुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

आज नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले एक भेलामा उपत्यकामा संचालित ५० भन्दा बढी क्र्युलाई जनचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिनु भएको हो । नेपाल स्काउटका तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीको अनुसार उपत्यकाका ५० बढी भिड भाड हुने ठाउँमा ३-५ जनाको प्रशिक्षित टोलीले हात धुने तरिका सिकाउँदै स्यानिटाइजर उपलब्ध गराएर आम जनतालाई कोरोना भाइरसबारे जागृत गराउने कार्यक्रम एक हप्तासम्म चल्ने छ ।

अभियान अन्तर्गत कोरोनाको लक्षण र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी सम्बन्धि पर्चा समेत वितरण गर्ने स्काउटको योजना छ । अभियानबाट कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने नेपाल स्काउटको लक्ष्य रहेको भण्डारीले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend