शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

के ट्राफिक प्रहरीले मापसे चेक गर्न छोडेको हो, यसो भन्छन ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकाल

के ट्राफिक प्रहरीले मापसे चेक गर्न छोडेको हो, यसो भन्छन ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकाल

सुनौलो नेपाल – महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकालले मादक पदार्थ सेवन गरेर सवारी चलाउदै नचलाउन आग्रह गरेका छन् ।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मापसे चेक गर्न छोडेको हो भन्ने प्रश्नमा उनले भने मुखामुख गरेर फुकेर चेक गर्ने काम हामीले बन्द गरीसकेका छौ र मेसिनको सन्दर्भमा केहि दुरी राखेर आवश्यक परेको खण्डमा कुनैपनि बेला चेक गर्न सक्छौ।

ट्राफिकले चेक गर्छ गर्दैन भन्नु भन्दा पनि मापसे गरेर सवारी चलाउन हुदैन भन्ने चेतना सबैमा हुनु जरुरी छ। अहिलेको विषम परिस्थितिमा कोरोना भाइरस बिरुद्ध लड्ने अभियानमा सबैले साथ दिनुहोस मापसे गरेर सवारी न चलाउनुस तपाईहरुलाई प्रहरीले चेक नै गर्ने स्थिति नहोस उनले भने ।

ट्राफिक प्रहरीले चेक कम गरेको छ खाईहालौ भन्ने गरेको नि यदाकदा सुन्ने गरेको छु त्यो कदापी नगर्नुस त्यो गर्ने भनेको जोखिम निम्ताउनु हो। कोरोना आएपनि ठिक होला तर दुर्घटना भयो भने त्यो ठिक नहुन सक्छ त्यसैले मापसे गरेपछि स्टेरिंग छुदै नछुनुस।

हेर्नुहोस यसै बिषयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासंग गरीएको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend