मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अध्यन भन्छ: ब्लड ग्रुप ‘ए’ हुनेलाई कोरोनाको संक्रमण उच्च

अध्यन भन्छ: ब्लड ग्रुप ‘ए’ हुनेलाई कोरोनाको संक्रमण उच्च

चैत ५ काठमाडौं: ब्लड ग्रुप ‘ए’ भएका मानिसमा कोरोनाभाइरसको संक्रमण धेरै देखिने एक अध्यनले देखाएको छ।

चिनियाँ अनुसन्धानकर्ताहरुले गरेको एक अध्यनका क्रममा रक्तसमुह ‘ए’ भएका मानिसमा कोरोनाको संक्रमण बढी देखिएको र रक्तसमुह ‘ओ’ भएका मानिसमा यसको संक्रमण कम हुने देखिएको हो।

कोरोनाभाइरसको उदगमस्थल चीनको युहानर सेन्जन सहरमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो। करिब २ हजार मानिसमा अनुसन्धान गरिएको थियो।

वुहानमा कोरोना भाइरसबाट मृत्यु भएका २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो।

यो अध्यनबाट रक्तसमुह ‘ओ’भन्दा ‘ए’ भएका ६३ प्रतिशत बढी मानिसको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको छ।

अनुसन्धानकर्ताहरूले अध्ययन प्रारम्भिक मात्र भएको र यसबारे अझ बढी काम आवश्यक भएको बताएका छन्।

उनीहरूले सरकार र चिकित्सा सुविधाहरूलाई रक्त प्रकारको भिन्नतालाई ध्यानमा राख्न आग्रहसमेत गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend