
चैत ५ काठमाडौं: कोरोनाभाइरस संक्रमणको आशंकामा विदेशबाट आएका ६ जनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छेक जाँचका क्रममा स्वास्थ्य अवस्था असामान्य देखिएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रको आइसोलेसन वार्डमा राखिएको हो।
तीमध्ये एक जनामा भने निमोनिया देखिएकाले आइसियुमा राखेर उपचार गराइएको छ।
कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिइरहँदा नेपालमा पनि यसको जोखिम हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सतर्क रहन आग्रह गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend