
चैत ५ काठमाडौं: १० लाख मास्क सहित राजधानीको सानोभर्याङबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा माक्ससहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेका छन्।
कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ। केहि दिनअघि मात्रै प्रहरीले काठमाडौंको कपन र सतुङ्गलबाट १० लाख भन्दा बढी माक्ससहित केहि कालोबजारियाहरुलाई पक्राउ गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend