
५ चैत, काठमाडौं । चार हजार लिटर पेट्रोल मौज्दात राखेर पेट्रोल छैनको बोर्ड टासेर बिक्री नगरेर बसेको पेट्रोल पम्पलाई दुईलाख जरिवाना गरीएको छ।
मैतीदेवीमा रहेको मैतीदेवी पेट्रोल पम्पले कालोबजारी गर्न खोजेपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले विक्रेतालाई दुई लाख जरीवाना गरेको हो।
त्यस्तै सत्याल एण्ड किराना पसल टिकाभैरव लाई पनि दुई लाख जरिवाना गरीएको छ। किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि विभागले छापा हानेको थियो।
मंगलबार दुबैलाई जनही दुई लाखका दरले जरीवाना गएकिो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend