आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

चीनले गर्यो ३ जना अमेरिकी पत्रकारलाई देश निकाला

चीनले गर्यो ३ जना अमेरिकी पत्रकारलाई देश निकाला

चैत ५ काठमाडौं: चीनमा बसी पत्रकारिता गर्ने तीनजना अमेरिकी पत्रकारलाई चीनले देश निकाला गर्ने भएको छ।

अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका १/ १ जना पत्रकारलाई फिर्ता गर्ने निर्णय भएको हो।

उनीहरुलाई १० दिनभित्र देश छोड्न भनिएको छ।

अमेरिका र चीनबीच पछिल्लो समय वाकयुद्ध चलेको छ। कोरोनाभाइरसको बिषयलाई लिएर यी दुइ देशहरु एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन्।

अमेरिकाले चीनले कोरोनाभाइरसको प्रभावकारी नियन्त्रण नगरेर यो विश्वभर फैलिएको आरोप लगाएको छ भने चीनले कोरोनाभाइरसको कारण अमेरिकी सेना भएको आरोप लगाएको छ।-एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend