
चैत ५ काठमाडौं: कोरोनाभाइरसबाट आइपर्न सक्ने जोखिमलाई कम गर्ने हेतु सरकारले महत्वपुर्ण निर्णयहरु गरेको छ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउन रोक लगाउने, २५ जनाभन्दा बढीको समूहमा भेला हुन प्रतिबन्ध गर्ने, सिनेमा हाल, खेलस्थल आदिलाई बन्द गर्ने लगायतका निर्णय गरेको हो।
सरकारको यो निर्णयसंगै ‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरू १५ अप्रिल २०२० सम्म आउन नपाउने भएका छन।
सरकारले ट्राभल एडभाइजरी जारी गरिएको अवधिमा उडान यात्रा स्थगन या उडान कम्पनी आफैंले उडान रद्ध गरेको अवस्थामा यात्रुबाट अतिरिक्त शुल्क नलिने व्यवस्था पनि गर्ने भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend