
सुनौलो नेपाल – सार्वजनिक कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेका रतन तिरूवाले युवावस्थाको आवेग र आक्रोशमा जुत्ता प्रहार गरेको बताएका छन्।
हिजो जनयुद्ध देखि आजसम्म आउदा कतै कहिँ चुकेको जस्तो देखे उहाँ आफ्नो नेता भएको कारणले केहि कमि कमजोरीहरु देखिदा एउटा युवामा आवेग र आक्रोश हुनु स्वाभाविक हो जस्तो लाग्छ अर्को कुरा दुर्घटना हुनु एकदम दुखद कुरा हो तर नचाहदा नचादै दुर्घटना हुन्छन घटना हुन्छन।
तपाईलाई पश्ताप छ कि छैन भन्ने प्रश्नमा उनले भने पश्चात त ठिक छ एउटा पुरुष युवा आबेशमा आयो यसलाई के भन्ने उनले भने। यो देशका युवाहरु देश बनेको हेर्न चाहन्छन बिग्रेको हैन तिरूवाले बुधबार छुट्नसाथ रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेका थिए।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै गत १८ गते उनले जुत्ता प्रहार गरेका थिए।
हेर्नुहोस उनले गरेको प्रेस मिटको पुरा भिडियो
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend