सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कोरोना भाईरसले फेरिदियो नेपालका नेता देखि पत्रकारको नाम

कोरोना भाईरसले फेरिदियो नेपालका नेता देखि पत्रकारको नाम

चैत ६ काठमाडौँ, बिश्वब्यापी फैलिदै गैरहेको कोरोना भाईरस (कोभीड-१९)को कहरले विश्वका हरेक क्षेत्र उथलपुथल त बनाएकै छ । त्यसको असर नेपालको पनि हरेक क्षेत्रमा पर्न सुरु गरिसकेको छ, कोरोनाकोप्रभाबस्वरूप नेपालका धेरै जसो सेलिब्रिटी व्यक्तिहरु सामजिक संजालमा नाम समेत परिबर्तन भएको छ ।यसैमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक संजाल ट्वीटरमा आफ्नो नाम परिबर्तन गरेका छन।

कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो बाबुराम भट्टराईले जनाएका छन् ।

त्यस्तै कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले पनि आफ्नो नाम परिवर्तन गरेर नियमित हात धोऔं / Wash your hands राखेका छन्

सामाजिक संजाल ट्वीटरमा धेरै जस्तो प्रयोगकर्ताहरुले कोरोना बिरुद्द  जनचेतना फैलाउनको लागि नाम परिवर्तन गर्ने ट्रेन्ड सुरुभएको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न युरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोकेको छ। भने आज देखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ । परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको हो ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend