
चैत ६ काठमाडौं: कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला यसलाई नियन्त्रण गर्नका लागि संसारभरका बैज्ञानिकहरु खोप र औषधि बनाउन लागिपरेका छन्।
यसैबीच अष्ट्रेलियाका वैज्ञानिकले कोरोनाभाइरस र मानिसको इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लगाएका छन् । पिटर डोहर्टी इन्स्टिच्युट फर इन्फेक्सन एन्ड इम्युनिटी, अस्ट्रेलियाका शोधकर्ताले गरेको अध्यनबाट मानिसको शरीरको प्रतिरक्षाले प्रणालीले जसरी आमरूपमा फ्लुसँग लड्छ, त्यसैगरी कोरोनाभाइरसविरूद्ध पनि लड्न सक्छ भन्ने कुराको तथ्य पत्ता लागेको हो।
अध्यनका क्रममा वैज्ञानिकहरूले कोरोनाभाइरसबाट संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गर्दा यस्तो तथ्य पत्ता लागेको हो । यसले कोरोनाबाट बच्न मुस्किल भए पनि असम्भव भने नभएको संकेत गरेको छ।
यसअघि चिनियाँ बैज्ञानिकहरुले पनि मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने निष्कर्ष निकालेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको संक्रमण बढी र छिटाे हुने अध्ययनले देखाएकाे छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई काेराेना लागिसकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएकाे छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend