काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला २ हजार ६ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रति तोला सुन १ लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला १ लाख २७ हजार८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजाबी सुन बुधबार प्रति तोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य १ लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रति तोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय ५५ निर्धारण गरिएको छ ।