
चैत ७ काठमाडौं: अमेरिकी अनुसन्धानकर्ताहरुले नयाँ कोरोनाभाइरस प्लास्टिक र स्टेनलेस स्टीलको सतहमा तीन दिनसम्म जीवित रहने तथ्य पत्ता लगाएका छन्। ‘युएस इन्स्चीट्युट अफ हेल्थ’ले गरेको अध्यनले यस्तो तथ्य पत्ता लगाएको हो।
अमेरिकी स्वास्थ्य संस्था द्वारा यो तथ्य गत हप्ता अनलाइनमा पोष्ट गरिएको थियो। थप विवरण भने मंगलबार प्रकाशित गरिएको हो।
उक्त अनुसन्धानका अनुसार कोभिड–१९ फैलाउन मद्दत गर्ने सार्स-CoV-2–भाइरस प्रयोगात्मक परिस्थिती अन्तर्गत परीक्षण गर्दा सार्स-CoV-1 सँग मेल खाने भेटियो । सार्स-CoV-1 भाइरसका कारण सन् २००२ मा चीनमै महामारी फैलिएको थियो ।
कोरोनाभाइरसले संसारभर आतंक सृजना गरिरहेको बेला वैज्ञानिकहरु यसलाई नियन्त्रण गर्नका लागि खोप अथवा औषधिबारे अध्ययनमा लागिरहेका छन्। -एजेन्सी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend