
चैत ६ काठमाडौं: कोरोनाभाइरस त्रासका कारण त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नभएसम्मका लागि भोलिदेखि हुने र संचालन भइरहेका परीक्षा समेत स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो । सोही आधारमा हामीले भोलिदेखिका सबै परीक्षा रोक्ने निर्णय भएको हो।
कोरोनाभाइरसबाट आइपर्न सक्ने जोखिमलाई कम गर्ने हेतुले सरकारले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।
सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बैसाख २८ गतेसम्म बन्द गर्ने निर्णयसमेत सरकारले गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend