
चैत ६ काठमाडौं: कोरोनाभाइरस त्रासका कारण लोकसेवा आयोगले पनि चैत्र मसान्तसम्मका लागि परिक्षा कार्यक्रम स्थगित गरेको छ। आयोगले एक सुचना जारि गर्दै चैत्र मसान्तसम्म का सम्पुर्ण परिक्षाहरु अर्को सुचना जारी नभएसम्मका लागी स्थगित गरेको जानकारी गराएको हो।
कोरोनाभाइरसबाट आइपर्न सक्ने जोखिमलाई कम गर्ने हेतुले सरकारले अत्यावश्य काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।
सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बैसाख २८ गतेसम्म बन्द गर्ने निर्णयसमेत सरकारले गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend