
चैत ६ काठमाडौं: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले अहिलेसम्म नेपालमा कसैलाई पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको बताएकी छिन। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा. झाले यस्तो बताएकी हुन्।
पहिले कोरोनाभाइरसको नमूना परीक्षण गर्न हङकङ पठाउनुपर्ने भए पनि अहिले नेपालमै गर्न लागिएको भन्दै अहिलेसम्मको परिक्षण मा कसैलाई पनि संक्रमण नदेखिएको उनले बताइन।
कोरोनाभाइरसका कारण सारा विश्व नै त्रसित भएको बेला आफुहरुले निकै नै संयमता र उच्च सतर्कताका साथ् ल्याबमा काम गरिरहेको उनले बताइन।
उनले देशलाई आवश्यक परेको बखत आफुँहरु सदैव तयार रहेको बताइन। कोरोनाबाट नेपाललाई मुक्त बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।
हेर्नुहोस् भिडियो:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend