शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

शुक्रबारदेखि सरकारले उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल खोल्ने

शुक्रबारदेखि सरकारले उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल खोल्ने

चैत ६ काठमाडौं: खाधान्न लगायतका दैनिक उपभोग्य सामानको सुलभ विक्रिवितरणका लागि सरकारले उपत्यकाका विभिन्‍न ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो जानकारी दिएका हुन्।

मन्त्री भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले पसल खोल्ने लागेको जानकारी दिए । उनले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्‍ने अवस्थामा रहेको बताए ।

यस्तै ८ महिनासम्मलाई पुग्‍ने औषधि,१० महिनासम्मका लागि पुग्‍ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको मन्त्री भट्टले बताए । उनले स्वास्थ,गृह र अपूर्ति मन्त्रालयले उपत्याका बाहिर पनि बजार अनुगमन गरिरहेको जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend