बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

काठमाडौंबाट बाहिरिनेको संख्या बढेपछि अब सार्वजनिक यातायात रुट प्रमिट बिना देशभर जान पाउने

काठमाडौंबाट बाहिरिनेको संख्या बढेपछि अब सार्वजनिक यातायात रुट प्रमिट बिना देशभर जान पाउने

सुनौलो नेपाल ६ चैत, काठमाडौं । एक पछि अर्को निर्णय गरेको सरकारले सार्वजनिक सवारी साधनलाई बिना इजाजतपत्र (रुट परमिट) देशभर जान पाउने ब्यवस्था गरेको छ ।

यातायात ब्यवस्था विभागले गरेको निर्णयले अब कुनै पनि सार्वजनिक साधन बिना इजाजत देशभर जान पाउने छन् । तर बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् ।

सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्न थालेपछि यस्तो ब्यवस्था गरिएको यातायात ब्यवस्था बिभागले जनाएको छ ।

खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend