
पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको भक्तपुरस्थित निवासमा बम बिस्फोट गराएको आरोपमा नेपाल प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले घटनामा संलग्न लक्ष्मण सेठी, अमृत कुमाल तथा टेक लोहारलाई पक्राउ गरेको जानकारी दिएका छन्।
थापाका अनुसार उनीहरूलाई बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।यसरी पक्राउ परेका सेठी र कुमाल कैलालीका हुन् भने लोहार कालीकोटका हुन्।गत फागुन २८ गते बिहान ७:४५ बजे बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend