
चैत ७ काठमाडौं: कोरोनाभाइरसले त्रास सृजना गरेसँगै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । मापसे जाँच स्थगित भयो भन्दैमा लापरवाही नगर्न र आफु सुरक्षित रहन ट्राफिक प्रहरीले आग्रह गरेको छ।
सास सुँघेर गरिने जाँच भने यस अघि नै स्थगित गरिएको थियो। विना ब्रेथलाइजर मापसे परीक्षण गरिँदा जोखिम हुने भएकाले यो रोकिएको भए पनि अव ब्रेथलाइजरबाट पनि जाँच स्थगित गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले सुनौलो नेपाललाई बताए।
तर लापरवाही गरेर मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई अस्पतालको जिम्मा लगाइने उनले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend