मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

साँझ ६ बजे प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्नुहुने

साँझ ६ बजे प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्नुहुने

चैत ७ काठमाडौं: कोरोनाभाइरसले त्रास सृजना गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधनका बेला पत्रकारहरुलाई भने उपस्थित नगराइने बालुवाटार श्रोतले जनाएको छ। नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रधानमन्त्रीको सम्बोधनको प्रतक्ष्य प्रसारण हुने बताइएको छ।

उता सरकारले कोरोनाबाट सम्भावित जोखिम न्यूनीकरण गर्न सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधन अनिवार्य रुपमा सरसफाइ गरेर मात्र सञ्चालन गर्न सरकारले आग्रह गरेको छ।

२५ जना भन्दा बढी जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ। सिनेमा स्थल, विद्यालय, डान्सबार, खेलस्थल, प्रदर्शनीलागायतलाइ बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend