
चैत ७ काठमाडौं: कोरोनाभाइरसको जोखिमलाई कम गर्न नेपाल सरकारले आज (शुक्रबार) केहि महत्वपूर्ण निर्णय गर्दै छ। जसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे देशबासीका नाममा सम्बोधन गर्दै छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दै छ।
उपप्रधानमन्त्री पोख्रेलले प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका छन्। भेटमा ओलीले आवश्यक कदम चाल्न निर्देशन दिएको श्रोतले जनाएको छ। संक्रमणको जोखिम कम गर्न उपत्यकालाई लकडाउन गर्ने तयारी समेत भएको बुझिएको छ।
उता सरकारले कोरोनाबाट सम्भावित जोखिम न्यूनीकरण गर्न सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधन अनिवार्य रुपमा सरसफाइ गरेर मात्र सञ्चालन गर्न सरकारले आग्रह गरेको छ।
२५ जना भन्दा बढी जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ। सिनेमा स्थल, विद्यालय, डान्सबार, खेलस्थल, प्रदर्शनीलागायतलाइ बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend