logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • सेयर बजार सामान्य अंकको वृद्धि

    सेयर बजार सामान्य अंकको वृद्धि

    611
    Shares
    सेयर बजार सामान्य अंकको वृद्धि

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक ४ दशमलव ७८ अंकले उकालो लागेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर ३ सय ५९ दशमलव शून्य ९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

    कुल ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयररुपैँया २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रुपैँया१९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ बराबरको कारोबार भयो ।

    त्यस्तै, गुर्खाज फाइनान्स रुपैेँया १६ करोड १९ लाख ८९ हजार ५ सय ५८, शिवम् सिमेन्ट रुपैँया १५ करोड ३९ लाख ३३ हजार ६ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार १ सय ६८ र पिपल्स पावर रुपैँया ७ करोड तीन लाख २३ हजार १ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९ दशमलव ९६, हिमालयन हाइड्रोपावर ८ दशमलव ७३, सामलिङ पावर कम्पनी ८ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

    उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैँकको म्युचुअल फण्ड ६ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविधुत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend