सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

किरण पौडेलको नेतृत्वमा युवासंघले बनायो कालाबजारी नियन्त्रण सचेतना अभियान समिति

किरण पौडेलको नेतृत्वमा युवासंघले बनायो कालाबजारी नियन्त्रण सचेतना अभियान समिति

चैत्र ८ काठमाडौं, सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन राष्ट्रिय युवासंघ नेपालले कोरोना बिरुद्द देशभर सचेतना अभियानका साथै कोरोनाको मौका छोपेर हुन्सक्ने कालोबजारी र महंगी नियन्त्रणमा कडाईका साथ आफ्ना नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार संगठनका उपाध्यक्ष नेता किरण पौडेलको नेतृत्वमा बसेको बैठकले  यकोरोना सचेतना तथा रोकथाम अभियान निर्मााणगर्ने  निर्णय गरेको हो । कोरोना बिरुद्दको सचेतना अभियान र कालोबजारी नियन्त्रणमा देशभरका संगठनका जिल्ला नेतृत्व मार्फत कार्यक्रम संचालन गर्ने र सरकारको निर्णयलाई सहयोग पुर्याउन सम्पूर्ण युवाहरुलाई अपिल गरेको छ ।

शुक्रबारनै नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री ओली देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाको जोखिमका कारण लामो दुरीका सवारी साधनको आवगनमा चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउने घोषणा गरेको छ । साथै नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि रोकिएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend