
चैत ८ काठमाडौं- कोरोनाभाइरसले विश्व नै त्रसित भइरहेका बेला काठमाडौंका एकजना घरबेटीले आफ्नो घरमा डेरा गरि बस्नेहरुलाई ३ महिनाको भाडा छुट गरिदिएका छन्।
मकवानपुर स्थायी घर भएका हरिहर लामिछानेले काठमाडौंको कलंकीमा भएको घरमा बस्नेहरुलाई कोठा भाडा नलिने भएका हुन्।
फेसबुकमा एउटा स्टाटस लेख्दै लामिछानेले चैत १ गतेबाट ३ महिनाको भाडा नलिने बताएका छन्।
विश्वभरि कोरोनाको सन्त्रास फैलिएको बेलामा मानवीयताको लागि आफुले यस्तो गरेको उनको भनाइ छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend