मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

गौतम वुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग गर्न नेपाल चलचित्र कलाकार संघको टोली चितवनमा

गौतम वुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग गर्न नेपाल चलचित्र कलाकार संघको टोली चितवनमा

चैत ८ चितवन- नेपाल चलचित्र कलाकार संघको टोलीलाई स्वागत गरिएको छ । आज भरतपुरमा लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई स्वागत गरिएको हो ।

टोलीमा संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन । उनीहरुलाई लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागत पछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए ।

संघका महासचिव सिंहले कलाकारले देशका सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । कलाकारबाट देशलाई चिनाउन सहयोग पुग्ने भन्दै उनले उनीहरुको योगदानलाई राज्यले भूल्न नहुने बताए । कलाकार र चलचित्र क्षेत्रको सम्बन्ध नङ्ग र मासुको रहेकोले आम दर्शक श्रोताले नेपाली चलचित्रलाई माया गर्नुपर्ने उनको भनाई थियो । आगामी दिनमा संख्यात्मक भन्दा गुणात्मक चलचित्र बनाउन जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।

केही साता अघि स्कुटर दुर्घटना परेर निधन भएकी स्वर्गीय अभिनेत्री महिमा सिलवालको परिवारलाई राहत तथा क्रिकेट रंगशाला निर्माणको लागि शुक्रबार टोली चितवन आईपुगेको हो । शनिबार सिलवालको परिवार लाई राहत रकम हस्तान्तरण र रंगशाला निमाणार्थ रकम हस्तान्तरण कार्यक्रम रहेको संघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend