logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दै

    नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दै

    3.1K
    Shares
    नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दै

    काठमाडौं । शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ।

    खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। घरेलु मैदानमा पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

    शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो।

    नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्नेछन्। टी-२० सिरिजको अन्तिम खेल आइतबार हुनेछ। पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।

    नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ।

    एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend